९ पुस २०७८ शुक्रबार/रौतहट/ सत्येन्द्र प्रताप सिंह
रौतहटको सदरमुकाम गौरको पश्चिम पट्टी रहेको ग्रामीण क्षेत्र ईशनाथ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले पदीय मर्यादामा कामकाज गर्ने उदेश्य साथ नगरपालिका मातहतका कार्यालयहरुमा अनुगमन गरे।
तर सो कार्यलाई सराहना गर्नुको साटो केही केही संचार माध्यमा कपोकल्पित भ्रामक समाचार सम्प्रेषण गरेकोमा घोर आपत्ति प्रगट गरेका छन् ।
ईशनाथ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता आएसंग हरेक काममा भ्रष्टाचार मौलाएको समाचार प्रकाशित प्रति नन्दकिशोर गुप्ताले कपोकल्पित भ्रामकमा कुनै सत्य तथ्य नरहेको दावी गरे।
संचारकर्मी संग कुराकानीमा ईशनाथ नगरपालिकाका नि प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले भने म आए संगै भौतिक पूर्वाधार ,शिक्षा,खानेपानी ,यातायात आदीमा काम निर्माणकै क्रममा छ कुनै निर्माण कार्य सम्पन्नको कागजात आएपनि सम्बन्धि कागजात समिटेट नै छैन भने कसरी भुक्तानी दिने अर्थात कागजातहरु नहेरिकण भुक्तानी दिने कयौ प्रेसर दिदा पनि सो कार्य नियम विपरीतमा कुनै काम अगाडी बढाईएको छैनन् पनि रोका गरिएपछी मेरो व्यक्तिगत चरित्र हत्या प्रभावकारी दैनिकका प्रकाशक प्रविन टिब्रेवालले गरेको थिए आफ्नो स्वार्थ पुरा नभएपछि गुप्ताले बताए ।
इशनाथ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले २०७६ बैशाख ०२ गते हाजिर भएका थिए।
प्रभावकारी दैनिकका प्रकाशक गौर नगरपालिका वर्डा नम्बर २ निवासी प्रविन टिब्रेवाललाई करार सम्झौता रद गरिएको निजको नाम र बोधार्थ श्री आर्थिक शाखा( ईशनाथ नगरपालिका )औरैयालाई तत्कालिन हाकिम नन्दकिशोर गुप्ता पत्र काटेको थिए।
ईशनाथ नगरपालिका कार्यालयको चलानी नम्बर ९९६, मिति २०७६/०८/०१ को करार पत्रबाट प्रविन टिब्रेवाललाई प्रेस संयोजक पदमा करार सम्झौता गरेको हुदा सो पदीय दायित्व अनुसार कार्य सम्पादन संतोषजनक नभएकोले मिति २०७६/१२/१३ गते लागु हुनेगरी निजको करार सम्झौता रद्द गरिएको व्यहोरा जानकारी गराएको थियो।
गुप्ताको २०७७/०४/०४ सम्म कार्यकाल रहेको थियो।
ईशनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामजी जोशी २०७७/०४/०५ मा हाजिर भए देखी २०७८/०४/०९ सम्म कार्यकाल रहदा पून प्रेस संयोजकको रुपमा राख्न कुनै प्रतिक्रिया देखिएको थिए निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताको भनाई रहेको छ।

म नन्दकिशोर गुप्ता यही श्रावन ०५ गते देखि ईशनाथ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत पद सम्हालेर आइरहदा कयौ माध्यमबाट प्रभावकारी दैनिकका प्रकशक प्रवीण टिब्रेवालले पुन प्रेस संयोजक पद राख्न दवाब दिइरहदा निज अनुकुल काम नगर्दा कपोकल्पित भ्रामक समाचार सम्प्रेषण गरि मेरो लगायत नगरपालिकाको चरीत्र हत्या गरेको उन बताए।
एउटा अर्को काम प्रभावकारी दैनिक का प्रकाशक प्रविन टिब्रेवालको हस्ताक्षर बाला ६० हजार बराबरको बिल बिना सम्झौताको २०७८/०७/१५ गते चलानी नम्बर ५६ को भुक्तानी लेटर पैडको भुक्तानी आजै गरि दिनुस भन्दै एक जना नाम (नाम नखोले)ले फोन गरेको थियो तर मैले आजै को आज सम्झौता पनि छैन हुदैन उनले बताए।
चरीत्र हत्या गरेको रहस्य बिना सम्झौता बिल भुक्तानी भएन।
आव २०७६/०७७ महालेखा लेखा परिक्षाको प्रतिवेदन अनुसार १ लाख ६४ हजार ५सय बेरुजु प्रभावकारी दैनिकका प्रकाशक प्रविन टिब्रेवालक नाममा तर असुल गर्नु पर्नेमा देखिएको छ।
कानुनी सल्लाहकार तथा प्रेस संयोजक -स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धि ऐन २०७५ र स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा ऐन २०७७ मा प्रदेश नम्वर २ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव,सल्लाहकार ,प्रेस संयोजक राख्न पाउने व्यवस्था गरेको छैन।
स्थानीय सरकर ऐन २०७४ को दफा ८३(८)मा अन्यत्र जुनसुकै कुरा उल्लेख भएको भए तापनि गाउँपालिका तथा नगरपालिकाले नगर प्रहर,सवारी चालक ,सयश,कार्यालय सहयोगी,प्लम्बर,ईलेक्ट्रीसियन ,चौकीदार ,माली,बगैंचे र सरसफाइ सम्बन्धि पदमा स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाको आधारमा सेवा करारबाट मात्र लिनु पर्नेछ ।सो बाहेकका अन्य पदमा सेवामा कराराबट पदपूर्ति गर्न पाइने छैन।
बावजुद प्रेस संयोजक प्रवीण टिब्रेवाल जस्तै कानुनी सल्लाहकारको रुपमा श्री रामदरेश प्रसादलाई नियुक्त गरि वार्षिक रकम दुरुपयोग गरिएको मलेप को प्रतिवेदनमा देखिन्छ ।कानुनी सल्लाहकार रामदरेश प्रसादको नाममा १ लाख ८७ हजार ५ सय बेरुजु देखिन।
सो बेरुजु मिनहा गर्न गराउन द्वेषले प्रभावकारी दैनिकको प्रकाशक प्रविन टिब्रेवालको हस्ताक्षर सहितको बिल भुक्तानी ६० हजारको नहुदा नगरपालिका र मेरो व्यक्तिगत चरित्र हत्या गरेको रहस्यमय कथा हाथि आयो ,हाथी आयो, फुस जस्तै गुप्ताले बताएका हुन।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *