१३ पुस २०७८
मोरङको जहदा गाउँपालिले नयाँ प्रशासनक भवन निर्माण गर्ने भएको छ। साढे १० करोड रुपैयाँ लागतमा नयाँ प्रशासनिक भवन निर्माण गर्न लागिएको जहदा गाउँपालिकाले जनाएको छ।

भवन निर्माणका लागि ठेक्का लागिसकेको र चाँडै भौतिक निर्माणको काम थालिने जहदा गाउँपालिकाका प्रमुख कैलासप्रसाद मण्डलले जानकारी दिए। मण्डलका अनुसार हाल पुरानो मझारे गाविसको भवनमा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ। पुरानो र साँघुरो भवन भएकाले दैनिक कामकाज सञ्चालनमासमेत समस्या परिरहेको प्रमुख मण्डलले बताए।

उनका अनुसार भवन तथा कार्यालय परिषर सानो भएकाले कर्मचारीहरूलाई कोठा व्यवस्थापनमा समस्या भइरहेको छ। तत्कालै नयाँ भवन आबश्यक देखिए पनि धेरै लागत लाग्ने भएकाले गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी भवन निर्माणका लागि टेण्डर आह्वान गरेको थियो। जसमा टेन्डर भरेका १५ वटा निर्माण कम्पनी मध्ये २ वटा निर्माण कम्पनी मात्रै छनौट सुचिमा परेको र ति मध्ये १० करोड ४५ लाख ३२ हजार ७ सय रुपैयाँ डेन्डर कवोल गर्ने कनक एण्ड जोपा एण्ड ब्रदर्श निर्माण कम्पनीले जहदाको भवन निर्माण गर्ने ठेक्का पाएको छ।

गाउँपालिकाको नयाँ भवन निर्माणको लागि स्थानिय धुव्रहरी कोराइलाको परिवारले दानदिएको जहदा– ५ स्थित १० कठ्ठा जग्गामा ४ तलाको सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको जहदा गाउँपालिकाले जनाएको छ। उक्त भवन निर्माणको काम पुस २५ गते बस्ने कार्यपालिकाको बैठक पछि सुरू गर्ने तयारी गरिएको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *