१४ पुस २०७८
काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ।
पुस १३ गते राति करिब ३४ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको जनाएको छ। घटनामा संलग्न अन्य दुई जना भने फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि उनीहरुलाई बसपार्कका विभिन्न ठाउँबाट पक्राउ गरेको एक प्रहरी अधिकारीले बताए।
घटनामा संलग्न अन्य दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।पीडित महिलाको स्वस्थ्य अवस्था हाल सामान्य रहेको बताईएको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।