१५ पुस २०७८
नेकपा एमाले धरान उपमहानगर कमिटीको विवाद मत्थर बनाउन ६ महिनाभित्र अधिवेशन गर्न सुनसरी जिल्ला कमिटी निर्देशन दिएको छ।

विवाद मिलाउन गठन गरेकोको सिफारिश बमोजिम जिल्ला कमिटी कार्यदलले निर्णय गरेर परिपत्र पठाउँदै ६ महिनाभित्र धरान उपमहानगर कमिटीको अधिवेशन गर्न निर्देशन दिएको हो। विगतमा दुवै कमिटीमा जिम्मेवारीमा रहेका सदस्यहरू स्वतः उपमहानगर कमिटी सदस्य हुने पनि निर्देशन पत्रमा उल्लेख छ। जिल्लाको निर्देशनअनुसार आगामी असारभित्र एमाले धरानको अधिवेशन गर्नुपर्नेछ। एमाले धरानको अध्यक्ष हर्कजंग एभेङले जिल्ला कमिटीले दिएको निर्देशन कार्यान्वयन गर्ने बताए।

उनले कार्यकर्ताको माग र नेतृत्वले दिएको निर्देशन मान्य हुने पनि उनले बताए। ‘कार्यकर्ताको माग र नेतृत्वले दिएको निर्देशन मान्य हुन्छ, निर्देशन कार्यान्वयन गछौ,’ उनले भने। अध्यक्ष एभेङले सबैलाई समेटेर जाने प्रतिक्रिया दिँदै कसैलाई काखा र पाखा आफूबाट नहुने दाबी गरे। उनले थपे, ‘कसैलाई काखा र पाखा गरिँदैन, पार्टीमा सबैको योगदान छ। सबैको सम्मान गर्दै जान्छु।’

धरानमा गत कात्तिक ९ गते २ पक्षले अलगअलग अधिवेशन गर्दै कमिटी गठन गरेको थियो। संस्थापन पक्षले हर्कजंग एभेङको अध्यक्षतामा ८५ सदस्यीय कमिटी गठन गरेको थियो भने जेठ २ पक्षधरले नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कमिटी गठन गरेको थियो। दुवै पक्षले समानान्तर गतिविधि गर्दै आधिकारिकता दाबी गरेपछि पुस ७ गते जिल्ला कमिटीको पूर्ण बैठकले समस्या समाधान गर्न जिल्ला अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन गरेको थियो।

सो कार्यदलले अध्यक्षमा एभेङलाई अध्यक्षमा निरन्तरता दिँदै सुवेदीलाई धरान उपमहानगर कमिटीको इञ्चार्जको जिम्मेवारी दिन सिफारिश गरेको थियो। उपाध्यक्ष रहेकी सविता राईलाई ७औं जिल्ला अधिवेशन आयोजक कमिटीको सदस्यमा मनोनित गर्न सिफारिश गरेको थियो। कार्यदलको सिफारिश अनुसार धरान उपमहानगर कमिटीको उपाध्यक्षमा पारस काङमाङ, सचिवमा सुदेश चापागाई छन् भने दुईजना उपसचिव कमिटीलाई निर्णय गर्ने जिम्मा दिइएको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *