१५ पुस २०७८
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताएका छन्।

नेता भण्डारीले बुधबार बन्दिपुर गाउँपालिकाको नाहालामा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ता आजैदेखि निर्वाचनको तयारीमा जुट्ने हो भने बहुमत ल्याउन कुनै पनि असम्भव नभएको बताए।

सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीलाई केन्द्रीय सदस्य भण्डारीले टीका तथा सदस्यता प्रदान गरेर स्वागत गरेका थिए।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *