२०७८ पुष २१, बुधबार
रौतहट जिल्लाको दुर्गा भगवती गाउंपालिका–४ मा नहरको पानीले किसानहरुको गहुं र तेलहन बाली डुबानमा परेको छ ।

नहरमा आएको पानीले गर्दा करिब २० विघा खेत डुबानमा परेको कारण लगाईएको बालीलाई क्षति पु¥याएको छ । सिंचाइको लागि बनाइएको नहर मर्मत नगर्दा आएको पानीले खेत डुबानमा परेको नेकपा माओवादी केन्द्रका नेता शम्भु सिंहले बताए । सम्वन्धित गाउंपालिकाको निष्क्रियता र ठेकेदारको लापरवाहीको कारण किसानहरुलाई ठूलो क्षति पुगेको नेता सिंहको आरोप रहेको छ । मर्मतको लागि नहरको डिल काटिएको र माटो पुर्न नसकेको कारण आएको पानी खेतमा प्रवेश गरेको बताउंदै सिंहले किसानहरुको भएको बालीको नोक्सानीको क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *