२१ पुस २०७८
मुलुकभरको चराको अवस्था पत्ता लगाउन कपिलवस्तुको जगदशीपुर तालसहित मुलकभर पानी चराको गणना सुरु गरिएको छ। गत शनिवारबाट मध्य हिउँदमा पानी र सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाई संरक्षणमा सहयोग पुर्‍याउन गणना थालिएको हो।

पुस १७ गतेदेखि माघ २ गतेसम्म गणना हुनेछ। वेटल्याण्ड ईन्टरनेशनलको प्राबिधिक सहयोग र हिमाली प्रकृतिको समन्वयमा गणनाको काम थालिएको हो। गणनकालागि चरा संरक्षणमा काम गर्ने नेपाल, पंक्षी संरक्षण संघ लगायत देशका विभिन्न ठाउँमा क्रियाशिल संघसंस्था सहभागी छन्। नेपालसहित विश्वभर एकै पटक जलपंक्षी गणना भईरहेको हो चरा बिद डाक्टर हेमसागर बरालले बताए।

शनिवार पहिलो दिन काठमाडौंको बागमती नदी र टौडह पोखरीमा चराविद् र नेचर गाईडले गणना सूरु गरको छन्। पानी चरा गणना नेपाल संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बरालले कोशीका दर्जन बढी ठाउँ र पोखराका १० ठाउँ गणना सुरु भएको बताए। सुदुर पश्चिमको शुक्ला फाँटाका ६ ठाउँ र बर्दियाको ३ ठाउँमा गणना गरिनेछ। ‘शनिवारदेखि गण्ना सुरु भयो’ उनले भने, ‘आफनो अनुकुलता मिलाएर मुलुकभरका सिमसार क्षेत्रमा गणना गरिनेछ।’ पानी चरा पाईने क्षेत्र छुट्याएर पंछी संरक्षणमा क्रियासिल संस्थालाई गणनाकालागि जिम्मेवारी दिईएको छ।

यस्कालागि ३ सय ५० बढी चराविद्, नेचर गाईड र स्वयंसेवी परिचालन हुनेछन्। विश्व सिमसार क्षेत्रमा सुचिकृत जगदीशपुर, बिसहजारी र घोडाघोडी तालमा गणना गरिनेछ। त्यस्तै लुम्बिनी क्षेत्र, सौरहा, बर्दिया, राप्ती नदी र नवलपरासी लगायतका ठाउँमा चरा गणना गरिनेछ। हेटाैंडा, दाङ, धुनषा, पश्चिम चितवन र रुपन्देहीको गैडहवा र गजेडी लगायतका ठाउमा पनि गणन हुनेछ। नदी, सिमसार, ताल र पोखरी गरि ५० बढी ठाउँमा गणनाको लक्ष्य छ।

चराविद् दिनेश गिरीले गणनाले दिने परिणाम हेरेर सरंक्षणका कार्यक्रम र नीति बनाउन सहयोग पुर्‍याउने बताए। ‘सरकारको ध्यानाकर्षण गराउछौं चरा पर्यटन उकास्न सहयोग पुग्छ’ उनले भने। नेपालमा आउने पर्यटक मध्य ८ प्रतिशत बढी चरा हेर्न लालायीत भई आउँछन्। गणनाको रिपोर्ट बैशाखमा सार्वजनिक गरिनेछ। डा.बरालल जलपंछी आगमन घट्ने क्रम भएको बेलामै सचेत हुनु पर्नेे बताए। सिमसार क्षेत्रमा आश्रित हिउँदे पाहुना चरा पछिल्ला वर्षमा सिमसार क्षेत्रको विनाशले घट्दै गएका छन्।

उडान मार्गमा हुने अवरोध र रासायनिक मलको बढ्दो प्रयोगले उनीहरु जोखिममा छन्। पानी, खेतमा विषादीको प्रयोग र जलवायु परिवर्तनले पनि समस्या थपेको छ। असुरक्षित बिजुलीका तार र अवैध चोरी सिकारीले पनि समस्या थपेको छ। बसाई–सराई गरी आउने चरा लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ ठाउँ हुने हुँदा प्राकृतिक तथा मानवीय सिकारको अत्यधिक जोखिम बढेकोछ। सन् १९८७ देखि वर्षेनी सिमसारमा आश्रित पानीचराको गणना गरिदै आएको छ।

गणनाले पानी चराको अवस्था खतरा उन्मुख देखाएको छ । नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपन्छी नै छन् । उत्तरी धु्रवमा हिमपातको सुरुवात सुरु भएसंगै चरा बसाई सर्न थाल्छन्। बढी चिसोले उता चरालाई खानपान र आहारविहारमा समस्या हुन्छ। त्यही भएर हिउँद यामको बढ्दो जाडो छल्न नेपालमा चरा आउँछन्। त्यस क्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, धाप, तालतलैया र नदी आसपास हजारौं चरा बसाई सरी आउने गर्छन्।

कतिपयले बच्चा कोरलेर हुर्काइ फर्कने गर्छन्। उत्तरी मुलुक रूस, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गर्छन् । त्यस्तै मध्य एशियाका तुर्केमिनिस्तन, किर्किस्तान र साईवेरियाबाट यहाँ चरा आउँछन्। यहाँ वषेर्नी १ सय ५० बढी प्रजातिका चरा आउँछन्।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *