२०७८ पुष २२, बिहीबार
नेपाली कांग्रेसको जिल्ला अधिवेशन फेरि सरेको छ ।नेकां केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन माघ १५ गते गर्ने निर्णय गरेको छ । महाधिवेशन अघि १६ जिल्लाको अधिवेशन हुन सकेन् ।बाँकी रहेको १६ जिल्लाको अधिवेशन अब माघमा हुनेछ ।

यसअघि निर्वाचन समितिले पुस २७ गते जिल्ला अधिवेशन गर्ने तिथि निर्धारण गरेको थियो ।पूर्व निर्धारित पुस २७ गतेको अधिवेशनका लागि नेताहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका थिए ।उच्चस्रोतका अनुसार राष्ट्रिय सभाको चुनावलाई दृष्टिगत गरी जिल्ला अधिवेशनलाई माघमा सारिएको छ ।माघ १२ गते राष्ट्रिय सभा सदस्यका लागि मतदान हुने कार्यक्रम छ । निर्वाचन समितिको बुधवार बसेको बैठकले कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका जिल्लाको अधिवेशन माघ १५ गते निर्धारण गरेको समिति सचिव केशव रिजालले जनाएका छन् ।

कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपरासीमा पार्टीको जिल्ला अधिवेशन गर्न बाँकी रहेको जनाएको छ । अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुमा सभापतिका प्रत्याशीहरुले तालमेल गरी उम्मेदवारी घोषणा गरेका छन् ।धनुषा जिल्ला सभापतिका लागि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादवले क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पञ्जियारलाई सभापतिको उम्मेदवार घोषणा गरेका छन् ।

प्रदेश २ मा लविगत आधारमा पञ्जियारको उम्मेदवारी घोषणा भएको पहिलो हो । प्रदेश २ को ८ जिल्लामध्ये अधिकांशमा संस्थापन पक्षकै नेताहरुबीच सभापतिका लागि प्रतिस्पर्धा हुने भएको छ ।सभापतिका लागि उम्मेदवारी घोषणा गरेका नेताहरुलाई तिथि बढेपछि खर्च बढेको छ ।सभापतिका उम्मेदवार हरुले जाडो भरि कार्यकर्ताहरुलाई पाल्नु पर्ने भएको छ ।जिल्ला अधिवेशनको तिथि सरेसँगै कतिपय उम्मेदवारहरु दौडबाट बाहिरने संभावना बढेको नेताहरु बताउँछन् ।

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा महाधिवेशन प्रतिनिधिको निर्वाचन हुन नसकेको कारण त्यहाँबाट सभापतिका प्रत्याशी रहेका बजरंग नेपाली असन्तुष्ट बनेका छन् ।उनले जिल्ला अधिवेशन अगावै क्षेत्रीय अधिवेशन गराउनु पर्ने माग गरेका छन् ।निर्वाचन अधिकृतलाई नियन्त्रणमा लिएर क्षेत्रीय महाधिवेशन भएको प्रमाण पत्र समेत लिएको प्रतिवेदन सार्वजनिक भएपछि केन्द्रीय निर्वाचन समितिले अधिवेशन रद्द गरेका थिए । सप्तरी जिल्लामा सभापतिका लागि पहिलो पल्ट महिला उम्मेदवार हुने संभावना देखिएको छ ।वर्तमान सभापति दिनेश यादवकी पत्नी निर्मला यादवलाई सभापतिमा उठाउने तयारी भएको छ । तर रौतहट जिल्लामा भने सर्वसम्मतीको संभावना बढेको छ ।

प्रदेश सभापति कृष्ण यादवका निकटकै दुबै उम्मेदवार रहेकाले सभापतिमा सर्वसम्मतीको बलियो संभावना रहेको बताइएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *