२०७८ पुष २२, बिहीबार
वीरगञ्ज महानगरपालिका–१३ मा अपांगता भएकाहरुको लागि निर्माण गरिएको छात्रावासको उदघाटन गरिएको छ ।

बुधबार एक समारोह बीच नगर प्रमुख विजय कुमार सरावगीले राधेमाईमा अपांगताहरुको लागि संचालित विद्यालयमा नगर स्तरीय बजेटबाट निर्माण सम्पन्न भएको छात्रावास भवनको उदघाटन गरिएको हो । छात्रावास भवनको उदघाटन गर्दै नगर प्रमुख सरावगीले फरक क्षमता भएका बालबालिकाहरुको लागि स्थानीय सरकारले जस्तो सुकै समस्यामा पनि सधैं साथ रहने बताए । उनले शारीरिक रुपमा फरक क्षमता भएपनि उनीहरुमा पनि उत्तिकै मानसिक क्षमता हुने भएकोले त्यस्ता फरक क्षमता भएका व्यक्तिहरुलाई समाजले पनि हौसला प्रदान गर्नु पर्ने उल्लेख गरे ।

अहिले बहिराहरुको लागि मात्रै संचालनमा रहेको विद्यालयलाई पूर्ण अपांगमैत्री वातावरणमा शिक्षण सिकाइ प्रदान गरेर अन्य अपांगता भएका व्यक्तिहरुकोलागि पनि विद्यालयमा व्यवस्था गरिने बताए । त्यसको लागि महानगरपालिकाले आगामी बर्षमा छुट्टै बजेटको पनि व्यवस्था गर्ने आश्वासन दिए । वीरगन्ज महानगरपालिकाको १५ लाख रुपैंयां बजेटमा निर्माण सुरु भएको दुईवटा स्नान कक्ष, दुईवटा भान्सा घर सहितको छात्रावास भवनमा अहिले थप निर्माण कार्यहरु पनि भईरहेको र झण्डै २५ लाख रुपैंया लागत लाग्ने अनुमान गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अजय साहले जनाए । पाँच जना कान नसुन्ने विद्यार्थीहरुबाट पठन पाठन सुरु गरिएको विद्यालयमा अहिले ५० जना भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

छात्रावास निर्माण भएपछि विद्यालयमा विद्यार्थीहरुको संख्या बढ्ने अनुमान गरिएको साहले बताए । अहिले विद्यालयमा बस्ने खाने व्यावस्था नहुंदा कतिपय विद्यार्थीहरु आउन नसकेका र छात्रावास भवन निर्माण भएपछि टाढा टाढाका विद्यार्थीहरु पनि आउने भएकोले विद्यार्थीको संख्या बढ्ने उनको दाबी छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *