२०७८ पुष २२, बिहीबार
कार्यालयमा कार्यरत अधिकांशलाई कोरोना संक्रमण भएपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय बन्द गरिएको छ ।
लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी, विनोद थापा लगायतलाई कोरोना संक्रण भएको बताइको छ । अर्का कार्यालय सचिव श्रीराम ढकाल र आइटी प्रमुख शिव खकुरेललाई मात्रै संक्रमण नभएको बताइएको छ ।
केन्द्रीय कार्यालयमा कार्यरत धेरैलाई कोरोना भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्नो निवासमा हुने भौतिक भेटघाटलाई आजदेखि बन्द गरेका छन् ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।