२२ पुस २०७८
ओमिक्रोन भेरियन्टका कारण भारतको गुजरातमा हुने भनिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ। भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म उक्त कार्यक्रमको आयोजना गर्न लागिएकाे थियो।
यो समिटमा भाग लिन जनवरी ९ अर्थात पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम रहेकाे थियो।
भारतीय सञ्चार माध्यम एएनआईका अनुसार भारतमा ओमिक्रोन भेरियन्ट थप फैलिन सक्ने भन्दै गुजरात सरकारले समिट स्थगित गरेको हाे।
भारतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिनुका साथै यस भाइरसबाट एक जनाको मृत्यु समेत भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।