२०७८ पुष २२, बिहीबार
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले वैदेशिक रोजागारीमा जानु पूर्व सुसूचित भएर जानु पर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

जउनपा–२४ बसहियामा सामी परियोजना अन्तर्गत आयोजित वृहत छलफल कार्यक्रममा उनले भने,‘जानकारीको अभावमा वैदेशिक रोजागारीमा जाँदा अनेक समस्याहरुको सामना गर्नु पर्छ त्यसैले सुसूचित भएर जाँदा धेरै समस्याबाट जोगिन सकिन्छ र यो आजको आवश्यकता हो।’ मित्र धनुषाको आयोजनामा संचालित सामी परियोजनाले वैदेशिक रोजागारीमा जानेहरुको लागि गर्दै आएको कार्य सराहनीय रहेको भन्दै विदेश जानु अघि सीपमुलक प्रशिक्षण लिनु पर्ने मेयर साहले उल्लेख गरे । सूचनामा पहुंच, सीपमा पहुंच,

न्यायमा पहुंच, मनोसामाजिक परामर्श सेवा र वित्तीय साक्षरता लगायतको विषयमा काम गर्दै आएको सामीले जिल्ला प्रशासन कार्यालय लगायतको स्थानमा स्थापना गरेको सूचना केन्द्रबाट वैदेशिक रोजागारीमा जानेहरुले सूचना लिएर जानु पर्नेमा उनले जोड दिए । वित्तीय साक्षरता अन्तर्गत आप्रवासी कामदार तथा तिनका परिवारहरुलाई आर्थिक रुपले सवल बनाउनको लागि आप्रवासी सहकारीको आवधराणालाई आत्मसात गर्दै जउनपा–२४ मा आयोजित भेलामा २५ जना वैदेशिक रोजगारीमा गएका परिवारका महिला सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन परियोजना संयोजक अनिरुद्ध मुखियाले गरेका थिए भने कार्यक्रम अधिकृत देव नारायण मण्डलले वित्तीय साक्षरता र विदेशबाट आउने रेमिट्यान्सको पैसाको सदुपयोगबारे जानकारी दिएका थिए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.