२०७८ पुष २३
विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा आगामी माघ ३ गतेसम्म पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको हो ।

तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेख माघ ३ गतेसम्म ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाका शिक्षा समिति संयोजक कुमार लामिछानेले बताए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *