२३ पुस २०७८
विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले दुई सातादेखि कलेज प्रशासनविरुद्ध आन्दोलन थालेका छन्। उनीहरुले कलेज प्रशासनविरुद्ध विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
शुक्रबार कोसी लोकमार्गअन्तर्गत विराटनगरको कञ्चनबारी चोकमा नोबेलका विद्यार्थीलगायत विभिन्न दलका विद्यार्थी संगठनले एक घण्टा सडक जाम गरेका थिए। नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुसँग कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी माग गरेपछि त्यसको विरोध गर्दै आएका हुन्।
विद्यार्थीहरुले बुधबार कलेज प्रशासनको मुख्य ढोकामा तालाबन्दीसमेत गरी थप आन्दोलनमा उत्रेको बताएका छन्। आन्दोलनरत विद्यार्थीहरुले आयोगले तोकेको शुल्क बुझाए पनि कलेज प्रशासनले थप अतिरिक्त शुल्क माग गरेर कक्षा प्रवेशमा रोक लगाएपछि उनीहरु आन्दोलनमा उत्रनु परेको बताएका हुन्।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।