२०७८ पुष २३
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदको गतिरोध अन्त्यका लागि विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय समन्वय समितिको बैठकमा संसदको गतिरोध अन्त्यबारे छलफल भएको थियो । बैठकले एमाले अध्यक्ष ओलीलाई भेटेर गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको छ ।

एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल भन्छन्, ‘आजभोलि नै प्रधानमन्त्रीले विपक्षी दलको नेतालाई भेट्नु हुन्छ र संसदको अवरोध अन्त्यका लागि आग्रह गर्नुहुन्छ ।’ उनका अनुसार प्रधानमन्त्रीले ओलीलाई भेटेपछि पाँचदलीय समन्वय समितिको बैठक बस्नेछ र संसद कसरी चलाउने भनेर छलफल गर्नेछ ।

बैठकमा राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको थियो । १२ माघमा हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धनले सिट भागवण्डा गरेर उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचनलाई लक्षित गरेर जिल्ला जिल्लामा समन्वय समिति बनाउने समेत छलफल भएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.