२०७८ पुष २४, शनिबार
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

लहानमा शुक्रबार आयोजित एक समारोहबीच स्वस्तिकको साधारणसभा सम्पन्न भएको हो । समारोहमा संस्थाका संचालक समितिका अध्यक्ष श्री सत्यनारायण झाले आ.व. २०७७/७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखापरिक्षकबाट प्राप्त सुझाव र कार्यक्रम विस्तारको अवस्थाबारे संचालक रविसेन साहले जानकारी गराए । संस्थाको अन्य विवरणहरुबारे प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्णले संस्थापक शेयरधनीहरुलाई जानकारी दिएका थिए । सभामा कुल संस्थापक शेयरको ८९ प्रतिशत शेयरधनीहरुको सहभागितामा आ.व.२०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, अन्य लेखा विवरणहरु, निर्देशन अनुसारको अन्य अनुसुचिहरु तथा आ.व. २०७८/७९ मा लेखापरीक्षण कार्यकालागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक उपर छलफल गरी प्रस्तावहरु समेत पारित गरिएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *