२४ पुस २०७८
बागमती साहित्य केन्द्र काठमाडौंको आयोजना र गौतम बुद्ध अस्पताल कोटेश्वर बालकुमारी ललितपुरको सहआयोजनामा शनिबार राजधानीमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय जनाले सेवा पाएका छन्। शिविरमा निःशुल्क रुपमा सुगर प्रेसर र पिशावको माध्यमबाट मिर्गौला ठिक भए नभएको चेकचाँंच सुविधा दिइएको थियो।
विहानदेखि १२ बजेसम्म चलेको शिविरमा करिव दुई सय जनाले सेवा पाएको आयोजक बागमती साहित्य केन्द्रका अध्यक्ष सुन्दरमान श्रेष्ठ (बागमती भाइ)ले बताए। शिविरमा बढीजसो काठमाडौंको सुविधानगरवासीहरु सहभागी भएका थिए।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।