२०७८ पुष २४, शनिबार
हरेक क्षेत्रमा समानुपातिक र समावेशीको वहस भइरहेको वेला नेपाली पत्रकारितामा महिलाहरुको सहभागिता अझै न्यून रहेको एक अध्ययनले देखाएको छ ।

मिडियासँग सम्बन्धित अध्ययन अनुसन्धान तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिको क्षेत्रमा काम गर्दै आएको मिडिया एक्सन नेपालले लैंगिक संवेदनशील पत्रकारिता सम्बन्धी एक अध्ययनबाट पुष्टि भएको छ । प्रदेश २ सहित देशभरिमा विभिन्न १० वटा प्रिन्ट र १० वटा न्यूज र्पोटललाई अध्ययन गरी तयार पारिएको लैंगिक संवेदनशील पत्रकारिता सम्बन्धी हाते पुस्तकमा महिला सम्बन्धी समाचार, महिला पत्रकारको वाईलाईन सन्तोषजनक नरहेको पाइएको छ । २०७८ भदौ १६ देखि कार्तिक १४ सम्म दुइ महिनाको अवधिमा जम्मा २३ हजार ५१५ ओटा समाचार÷सामग्री प्रकाशित भएका छन् ।

ती मध्ये महिला र फरक यौनिक पहिचान भएका समुदायका सवालमा जम्मा ३८८ वटा अर्थात १.६७ प्रतिशत सामग्री मात्रै प्रकाशित गरिएको छ । यो अवधिमा महिलाका सवालमा केन्द्रित रहेर ३८६ वटा समाचार÷ सामग्री प्रकाशित भएका थिए भने फरक यौनिक पहिचान भएका समुदायबारे जम्मा एउटा समाचार र एउटा विचार गरी जम्मा दुइ वटा मात्रै समाचार प्रकाशित छ । मिडिया एक्सन नेपालको अध्ययनमा प्रदेश २ मा पनि महिलाको सवालमा सञ्चारमाध्यमहरु कमजोर नै देखिएका छन् ।

प्रदेश २ बाट जनकपुर टुडे राष्ट्रिय दैनिक र अनलाईन टुडे पाटीलाई अधार बनाएको छ । जनकपुर टुडेले दुई महिनाको अवधिमा ९०१ समाचार प्रकाशित गरेको छ । भने टुडे पाटीले १७५ वटा मात्रै समाचार प्रकाशित गरेको छ । जनकपुर टुडेले यो अवधिमा ३ वटा महिला सम्बन्धी विचार, सम्पादकीय प्रकाशित गरेको छ । महिला र फरक यौनिक पहिचान भएका समुदायमध्ये प्रकाशित जम्मा ३८८ सामग्रीमध्ये २४४ (६२.९० प्रतिशत) अनलाइनले प्रकाशित गरेको छ भने १४४ (३७.१० प्रतिशत) सामग्री पत्रपत्रिकाले प्रकाशित गरेका छन् ।

यो अध्ययनले महिलाका सवालमा समाचार/सामग्री प्रकाशनका सन्दर्भमा पत्रपत्रिकाभन्दा अनलाइन नै अगाडि रहेको देखिएको छ । अध्ययनबाट नेपालका पत्रपत्रिका र अनलाइन मिडियाले लैङ्गिक सवाललाई खासै महत्वका साथ समावेश गर्न नसकेको पाइएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताए । मिडिया एक्सन नेपालले शुक्रबार लैङ्गिक संवेदनशील पत्रकारितासम्बन्धी हाते पुस्तकको विमोचन गर्दै सञ्चारमाध्यमले महिलाका सवाललाई प्राथमिकता दिन नसकेको निष्कर्ष निकालेको छ ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलाका समाचार तथा महिलाका सकारात्मक विषयलाई प्राथमिकताका साथ स्थान दिन आग्रह गरिन् । उनले मिडिया एक्सन नेपालले महिलाका हरेक विषयलाई प्राथमिकता दिंदै तालिम तथा सीप विकासका लागि गरेको कार्यको प्रशंसा गरिन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया एक्सन नेपालले महिलाको संख्यालाई मात्र प्राथमिकता नदिएर सञ्चारमाध्यममा महिलाका बाइलाइन समाचार, स्रोतमा महिलाको भनाई लगायतका विषयलाई प्राथमिकता दिएको भन्दै प्रशंसा गरे । उनले तालिम लिइसकेपछिका उपलब्धिका विषयमा खोजी गर्ने काम मिडिया एक्सन नेपालले गरेको भन्दै तालिममा सबै पत्रकारलाई सकेसम्म ज्ञान आर्जन गर्न सुझाव दिए ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तको अध्यक्षतामा भएको कार्यक्रममा क्यानडाका प्रतिनिधि लगायतले शुभकामना मनतव्य दिएका थिए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *