२४ पुस २०७८
न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लि म्याग्दीले २२ औँ बार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अध्यक्षमा अमृतलाल श्रेष्ठ चयन भएका छन्। म्याग्दी र छिमेकी जिल्ला पर्वतमा सेवा केन्द्र समेत रहेको सहकारीको उपाध्यक्षमा रामजीप्रसाद सुबेदी, सचिव चन्द्रकुमार केसी, कोषाध्यक्ष बमबहादुर पुन रहेका छन्।

कार्यसमितिको सदस्यहरूमा रविन्द्र कार्की‘रबी’, बिमला गौचन, अनिता कार्की, बिरेन्द्रमान शाक्य, कृष्णकुमार शेरचन, होमप्रसाद सुबेदी, हेमन्त थापा, भिम बिक्रम मल्ल, ठकराज बरुवाल र तुलप्रसाद श्रेष्ठ रहेको बरिष्ठ प्रबन्धक बसन्त श्रेष्ठले जानकारी दिए। साधारणसभाबाट गोविन्दप्रसाद पौडेलको संयोजकत्वमा टिकाराम शर्मा र मानसिंह सापकोटा सदस्य रहेको लेखा समिति समेत चयन गरेको छ। साधारणसभाले तातोपानी, बावियाचौर, दरबाङ, पोखरेबगर र छिमेकी पर्वतको जलजला गाउँपालिकामा रहेको सेवा केन्द्रका संयोजक तथा सदस्य समेत चयन गरेको छ।

म्याग्दी जिल्लाको पुरानो सहकारीले गत आर्थिक वर्षमा ५ हजार १७८ शेयर सदस्यको ७ करोड ६९ लाख ६७ हजार रुपैयाँ सेयर पुँजी, निक्षेप बचतमा ७६ करोड ८४ लाख ८६ हजार ५४२ रुपैयाँ, कर्जा लगानीमा ६३ करोड ९ लाख ९४ हजार ३३३ रुपैयाँ रहेको छ।

सहकारीले सोही अवधिमा विभिन्न कोषमा २ करोड १९ लाख ६८ हजार ७९७ रुपैयाँ, कुल आम्दानी १० करोड १ लाख २२ हजार १८५ रुपैयाँ र कुल खर्च ८ करोड ३३ लाख ९२ हजार २७ रुपैयाँ र मुनाफा १ करोड ६७ लाख ३० हजार १५८ रुपैयाँ गरेको छ। सहकारीका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले निकट भविष्यमा छिमेकी जिल्ला बागलुङ र गण्डकी प्रदेशको राजधानी पोखरामा शाखा विस्तार गरी प्रदेशस्तरीय सहकारी बनाउने योजना रहेको बताए।

वित्तिय कारोबारसँगै सामाजिक एवम् मानवीय सेवामा समेत सक्रिय रहेको सहकारीले म्याग्दी क्याम्पसमा अध्ययनरत जेहेन्दार विद्यार्थी सोमप्रसाद सापकोटालाई नगद १५ हजार ५ सय रुपैयाँ छात्रवृति सहकारीले हस्तान्तरण गरेको थियो। जिल्लाभित्र दृष्टिविहीन, वृद्धवृद्धासहित जेहेन्द्र विद्यार्थीलाई उच्च माविसम्मको अध्ययनका लागि समेत सहकारीले सहयोग गर्ने गरेको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.