२०७८ पुष २४, शनिबार
राष्ट्रिय सभामा समेत सबै भन्दा ठूलो दल रहेको नेकपा एमालेलाई माघ १२ गते हुन लागेको चुनावबाट ठूलो धक्का लाग्ने भएको छ ।राष्ट्रिय सभामा एमालेको ८ सदस्य हट्ने भएको छ ।

राष्ट्रिय सभाको चुनावबारे धारणा सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको परिणाम प्रतिकुल आउने स्वीकारेका छन् ।‘राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले सोचे अनुसारको परिणाम हासिल गर्न सक्ने अवस्था छैन्’ उनले भने, तर यसबाट आत्तिन भने जरुरी छैन् । चुनाव प्रक्रियाबाट एमालेको ८ जना राष्ट्रिय सभा सदस्य विदा पाउँदैछन् ।सरकारद्वारा मनोनित ३ जना मध्ये १ जनाको पनि समय पूरा भएको छ ।एमालेका लागि क्षति हुने क्रम निरन्तर जारी छ ।

पार्टीको जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट शुक्रवार उद्घाटन गर्दै ओलीले भने, संसदीय संघर्षको मैदानमा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्ता नै यो राष्ट्रियसभाको निर्वाचन हुनेछ । ‘अहिले पनि हामी एक्लै अरु पार्टी भन्दा मजबुत छौं ’ उनले भने, हिजोको जनमत र हिजोको परिस्थिति दुरुपयोग गरेर प्रतिकुल परिणाम आउन सक्छ । ‘तर त्यो आजको जनमत, आजको यथार्थ होइन ’ उनले भने, यसमा हाम्रो सकारात्मक परिणाम आएन भनेर अनौठो मान्न कुनै आवश्यकता छैन ।’ प्रधानमन्त्रीबाट ओली हटे लगतै एमालेको सरकार सबै प्रदेशबाट हट्यो ।एमाले अहिले निरन्तर ओरालो लागेको छ ।राष्ट्रिय सभामा हाल एमालेको २३ जना , कांग्रेसको ७ जना , नेकपा एसको ७ जना , माओवादी केन्द्रको १३ जना, जसपाको २ जना, लोसपाको १ जना , मनोनित ३ जना र स्वतन्त्र १ जना छन् ।

राष्ट्रिय सभाका अध्यक्ष १ जना र उपाध्यक्ष १ जना समेत ५९ जना छन् । चुनावपछि एमालेको संख्या १५ मा झर्ने छ ।कांग्रेसको ३ थपिएर १० पुग्नेछ ।नेकपा एसको ८ र माओवादी केन्द्रको १४ हुनेछ ।त्यसैगरी जसपाको संख्या ४ पुग्नेछ । मनोनित ३ मध्ये १ जना कांग्रेसको हुनेछ । नेकपा एमालेबाट देश र जनताले धेरै ठूलो अपेक्षा गरेको उनले बताए । एमाले एक प्रकारको घेराबन्दीमा परेको भए पनि जनताको रक्षाकवच प्राप्त भएकाले फेरि जनमतबाटै एमालेले देशको नेतृत्व गर्ने उनले प्रस्ट पारे । उनले अहिलेको सरकार सत्तामा बस्न उपयुक्त नभएको पनि दाबी गरे ।

जनताले आदेश नदिएका मान्छेहरु अन्यत्रबाट सरकारमा सामेल भएको उनको भनाइ थियो । एमाले विभाजन भएपछि सबै प्रदेशमा उसको मतभार घटेको छ ।पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले एमालेका उम्मेदवारलाई सबै प्रदेशमा पराजित गर्ने संभावना छ । फागुन २४ गते २० जना राष्ट्रिय सभाका सदस्य पदमुक्त भइरहेका छन् ।त्यस मध्ये एमालेका सबै भन्दा बढी मनोनित समेत ९ जना पदमुक्त हुनेछन् ।राष्ट्रिय सभा चुनावमा कांग्रेसको पक्षमा ३ जना र जसपाको पक्षमा २ जना थपिनेछ ।गठबन्धनकै माओवादी केन्द्र, नेकपा एस र जनमोर्चाको कोटामा १÷१ जना थपिनेछ । एकपछि अर्को धक्का लाग्दै आएको एमालेका अध्यक्ष ओलीले नेता, कार्यकर्ताहरुलाई नआत्तिन आग्रह गरेका छन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *