२०७८ पुष २५, आईतवार
कोरोना महामारी फेरि फैलिने त्रास मनमा बोकेर यहाँका मूर्ति कलाकारहरु सरस्वती पूजाका लागि मूर्ति बनाउन सुरु गरेका छन् ।

तर, कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि यस पटक सोचे जस्तो व्यापार हुने नहुने चिन्ताले उनीहरुलाई पिरोलेको छ । बिद्याकी देवी सरस्वतीको पूजा यसपटक माघ २३ गते आइतबारका दिन परेको छ । नजिकिंदै गएको सरस्वती पूजाका लागि मूर्तिकारले नगरको सडक छेउ, दलान र भाडाको कोठा लिइ करिब एक दर्जन स्थानमा मुर्ति बनाउनु सुरु गरेका हुन् । तर, छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरहेको र नेपालमा पनि संक्रमित हुनेको संख्या बढ्दै गएपछि मूर्तिकार हरुमा चिन्ता थपिएको हो ।

विगत पाँच वर्षदेखि मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका राजविराज नगरपालिका– ५ चन्दन कुमार भन्छन्, महँगो दरमा माटो, पराल, बाँस र रंग लगायतका सामग्री किनेर मूर्ति बनाउन थालेका छौं, तर कोरोनाको तेश्रो लहर फैलिने सम्भावनाले चिन्ता बढाएको छ । ’अहिले ९५ वटा मूर्ति बनाउन सुरु गरेको बताएका उनले भने, ऋण लिएर लगाएको पंूजी र अत्यधिक चिसोका वावजूद मिहिनेत दुबै खेर जाने हो की भन्ने चिन्ताले सताएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.