२०७८ पुष २५, आईतवार
पर्सा राष्ट्रिय निकुञ्जले सालको रुख काटेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ ।

मध्यवर्ती क्षेत्रको विवादित जग्गामा माछा पोखरी निर्माण गर्ने क्रममा ३ वटा सालको रुख काटेको आरोपमा निकुञ्जले जीतपुरसिमरा उपमहानगरपालिका–३ रामवनका ३५ वर्षीय सोमबहादुर तमाङलाई नियन्त्रणमा लिएको हो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले पोखरी निमार्णको क्रममा बिना अनुमती ३ वटा सालको रुख काटेको घटनामा संलग्न रहेकोले तामाङलाई नियन्त्रणमा लिईएको जानकारी दिए ।

व्यक्तिको निजी जग्गामा लगाईएको सालको रुख काट्न सम्वन्धित वन कार्यालय वा मध्यवर्ती क्षेत्रभित्र भए निकुञ्जसँग लिखित अनुमति लिनुपर्ने कानूनी व्यवस्था छ । तर, माछा पोखरी निर्माण भईरहेको जग्गा मध्यवर्ती क्षेत्र भित्र पर्छ या व्यक्तिको निजी हो भन्ने विषय भने केही वर्षदेखि जिल्ला अदालत बारामा विचाराधीन अवस्थामा छ । त त् क ा ल ी न राजपरिवारबाट बकस पाएको भन्दै मध्यवर्ती क्षेत्रसँग जोडिएको बाराको रामवनमा १८ बिघा जग्गा शान्तबहादुर मल्लले आफ्नो भएको दाबी सहित भोग चलन गर्दै आएका छन् । पर्सा निकुञ्जले विवादित जग्गामा माछा पोखरी निर्माण गर्न आदेश दिने लगानीकर्तालाई छोडेर मजदूरलाई कारवाही गरिएको भन्दै रामवनका स्थानीयवासीहरुले विरोध जनाएका छन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *