२७ पुस २०७८
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तानकी ८ वर्षीया एजिना पुनका बुवा कृष्ण पुनको गएको पुस १९ गते बेनी नगरपालिका–७,मंगलाघाटमा निर्माणधिन घरबाट खसेर मृत्यु भयो। घरको तेस्रो तलाबाट खसेर गम्भीर घाईते भएका पुनको बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरे।

बुवाको दाहसंस्कारमा पुगेकी बालिकालाई आफन्त र छिमेकीले फरक व्यक्तिको परिचय दिएर घर ल्याए। ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने गरेका बुवालाई एजिनालाई खोज्दा संरक्षण गरिरहेकी अञ्जु फगामीले स्वर्गमा घर बनाउन जानु भएको भन्दै बारम्बार सम्झाउने प्रयास गरिन्। स्वर्गमा बन्दै गरेको घरको काल्पनीक कथा सुनाउँदा धेरैपटक अञ्जुको आँखा रसाएका छन्।

३ वर्षको छँदा आमाको मृत्यु भएको र ८ वर्षको उमेरमा बुवाको पनि मृत्यु भएपछि पूर्णरूपमा बेसहारा छिन्। मानसिक र शारीरिक दुवै समस्याबाट ग्रसित आमाको मृत्युपछि केहीवर्ष बुवा समेत बेपत्ता हुदाँ एलिजालाई आफ्नो छोरी मानेर पालेकी अञ्जुले संरक्षणको लागि आवश्यक सहयोगको याचना गरेकी छन्। ‘मेरो पनि आर्थिक हैसियत बलियो छैन्,‘सबैको साथ र सहयोगले उनको पढाईलाई निरन्तरता दिनुपर्ने अवस्था छ’अञ्जुले भनिन्।

हाल बेनीमै रहेको समाता स्कुलमा कक्षा १ मा अध्ययनरत एलिजाको पुख्यौली सम्पत्ती समेत नभएकाले उच्च शिक्षासम्मको पढाईमा लाग्ने खर्चको आवश्यकता रहेको बताईन्।विद्यालयका शिक्षकले समेत उचित हेरचाह भएमा बालिकाको पढाई र सक्रियता निकै लोभलाग्दो रहेको बताएकाले समेत अञ्जुलाई भविस्यमा हेरचाह र शिक्षादीक्षामा हुने खर्चको चिन्ताले सताउने गरेको छ।

मगर जिल्ला समन्वय समितिकी अध्यक्ष डमायाँ मगरले बालिकालाई सहयोगको आवश्यकता रहेको बताईन्।बालिकाको नाममा बैंकमा खाता खोलेर आर्थिक जम्मा गरी त्यसको ब्याजबाट शिक्षादीक्षा सहित आवश्यक खर्च गर्नुपर्ने बताईन्। हिस्तानबाट स्वदेश तथा विदेशमा रहेकालाई अभियानमा साथ दिन समेत अपिल गरिएको छ। घरको ठेकेदार जंगबहादुर खत्रीले मृतकको परिवारलाई क्षर्तीपुर्ती बापत जम्मा ४ लाख दिएर उम्किएको आफन्तको गुनासो छ।

निर्माणधिन अवस्थामा रहेको घरमा कार्यरत मजदुरलाई आवश्यक पर्ने न्यूनतम सुरक्षामा समेत ख्याल नगरिएको भन्दै पीडितले १० लाख क्षर्तीपुर्ती मागेका थिए। अभिभावकको मृत्युपछि बेसहारा भएकी बालिकाको संरक्षणको लागि जिल्लाका सरोकारवाला निकायले समेत बेवास्ता गरेको मृतकका आफन्तको गुनासो छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *