२८ पुस २०७८
विष्णु परियारको स्वरमा रहेको नृत्य गीत ‘भरियाकी प्याला’ को सुटिङ सकिएको निर्देशक रेग्मीले बताए।
गायक विष्णु परियारको स्वरमा रहेको ‘भरियाकी प्याला’ गीतमा रभि विट्स र कविना महर्जनले अभिनय गरेका छन्। विष्णु निराकरले छायांकन गरेको गीतमा मेक अप रवि केसीले गरेका हुन्। उक्त गीतलाई इडिट, मिक्सिङ र रंग चेतन समतले गर्ने छन्। गीतको अडियो र भिडियो आरविडी प्रोडक्सनले सार्वजनिक गर्ने छ।
आरविडी प्रोडक्सन युटुव च्यानलबाट बजारमा सार्वजनिक हुने उक्त गीत ‘भरियाकी प्याला’ को निर्देशन बलियुड एन्ड कलियुडका एक्टर दिनेश रेग्मीले गरेका हुन्।
निर्देशक रेग्मीले विश्वस्त हुँदै भने, ‘सके जति हामीले मेहेनेत गरेर भिडियो बनाएका छौं। यसलाई दर्शकहरूले अपार माया गर्ने छन्।’

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।