२०७८ पुष २९, बिहीबार
खुट्टामा चरेश बाँधेर भारत गइरहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको पिपरीया परोवा नगरपालिका ९ घर भएकी ४२ वर्षीया रंजु देवी छन् ।

भारतको रक्सौलतर्फ पैदल गइरहेकी उनको साथबाट चरेश बरामद भएपछि वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ति महिलाको साथबाट १० किलो चरेश बरामद भएको छ ।

प्रहरीका अनुसार ति महिला चरेशको प्याकेट बनाई आफ्नो ढाड र खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधेर लग्दै थिइन् । शंका लागेर चेकजाँच गर्दा चरेश भेटिएको र त्यसपछि उनलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *