२९ पुस २०७८
धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर १ तिप्लिङको पुरु नजिकै गए राति पहिरो खस्दा तीन जना बेपत्ता भएका छन्। लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेको अवस्थामा पहिरो खस्दा स्काभेटर पनि पुरिएको छ।

धादिङबेँसी सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्ने सो गाउँमा सडक पुर्‍याउन काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए। घटनास्थलमा नेपाल प्रहरी र स्थानीयवासी पुग्दै गरेकाले थप विवरण आउन बाँकी छ।

घटनामा हराएकाहरुको खोजी भइरहेको छ। स्काभेटर चालक, उनका सहयोगी र एक स्थानीयवासी हराएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताए।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.