३० पुस २०७८
भक्तपुर सिकर्मी संघको अध्यक्षमा पुनः विक्रम ढुकुछ चुनिएका छन्। संघको भक्तपुरमा भएको नवौ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ढुकुछूको अध्यक्षतामा १३ सदस्यीय नयाँं कार्यसमिति चयन भएको हो। संघको उपाध्यक्षमा रामसुन्दर सुवाल, सचिवमा पुन्यराम न्हुछे, सहसचिवमा कपिल दुवाल र कोषाध्यक्षमा सुनिल राजचल चुनिएका छन्।
यस्तै सदस्यहरुमा श्रीप्रसाद तुइतुई, राजकुष्ण कोजू, विष्णुसुन्दर देशेमरु, केशव हाकुदुवाल र कृष्णगोपाल चौगुथी चुनिएका छन्।
सभा तथा अधिवेशनको उदघाटन नेपाल क्रान्तिकारी मजदुर संघका केन्द्रीय सदस्य राजकृष्ण गोराले गरेका थिए। सम्पूर्ण सिकर्मी एक होऔ भन्ने नाराका साथ साधारणसभा तथा अधिवेशन भएको थियो।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।