२०७८ पुष ३०, शुक्रबार
प्रदेश २ को नाम र राजधानीको ‘पेंच’ फसेको बेला वीर गञ्जलाई राजधानी र मधेश प्रदेशको नयाँ खाका तयार भएको छ । वीरगञ्जलाई राजधानी बनाउन विहीबार रौतहट जिल्लाको चन्द्रपुर (चन्द्रनिगाहपुर)स्थित गौतम होटेलमा भेला भएका सभासदहरुले मधेश प्रदेशमा समर्थन जनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रदेश सरकारमा नेपाली कांग्रेसबाट खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माको लगानीमा आयोजना गरिएको भेलामा सहभागी सभासदहरुले पूर्वका सभासदहरुले मधेश प्रदेशमा सहमत नभएकाले राजधानी वीरगञ्ज र मधेश प्रदेश पारित गर्नेमा सहमति जुटेको सहभागी एकजना सभासदले जनाए । ‘वीरगञ्जलाई राजधानी स्वीकारे मधेश प्रदेशमा समर्थन रहनेछ’ मन्त्री शर्माले भने, तर वीरगञ्ज राजधानी स्वीकार नगरिए मध्य–मधेश प्रदेशमा समर्थन हुनेछ ।प्रदेशको नामकरण र स्थायी राजधानीमा मतदानका लागि ह्वीप नलाग्ने भएकाले कांग्रेसको आधिकारिक प्रस्ताव विपरीत मतदान गरिने उनले बताए ।

प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ र र ाजधानी जनकपुरधाम नेपाली कांग्रेसले प्रदेश सभामा आधिकारिक रुपमा दर्ता गराएको छ ।तर सो पार्टीका सभासद राजेश्वर साहले वीरगञ्ज राजधानी र ‘मध्य–मधेश प्रदेश’ को प्रस्ताव दर्ता गराएका छन् ।साहलाई मन्त्री शर्माको आर्थिक समेतको समर्थन प्राप्त छ । ‘मधेश प्रदेश’लाई सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) र प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले अडान लिएका छन् ।त्यसमा नेकपा माओवादी केन्द्रलेपनि पूर्ण समर्थन जनाएको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता रामसरोज यादव मधेश प्रदेशको कडा विरोधी रहेका छन् । कांग्रेस सभासदहरुको सक्रियतामा भएको भेलामा सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका ३० जना सभासद सहभागी भएका थिए ।भेलामा सबै दलका सभासदहरुको सहभागिता रहेको दावी गरिएको छ । नाम र राजधानीको प्रस्ताव प्रदेश सभामा माघ २ गते टेबुल हुने र ३ गते भोटिंग हुने कार्यसूची रहेको छ ।नाम र राजधानीमा सहमति जुटाउन प्रदेश सभाले सभामुख सरोजकुमार रायको संयोजकत्वमा गठन गरेको विशेष समितिले सहमति जुटाउन असफल भएको छ ।
सहमति जुट्न नसकेपछि दर्ता भएका सबै प्रस्तावहरु प्रदेश सभामा भोंटिगका लागि प्रस्तुत हुने सचिवालयका सचिव रञ्जित कुमार यादवले बताए । वीरगञ्जलाई स्थायी राजधानी बनाउन भन्दा पनि राजनीतिक स्वार्थपूर्तिका लागि प्रस्ताव गरिएको प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले बताए ।‘प्रदेश सभामा दर्ता भएको प्रस्ताव बाहेक अन्य प्रस्तावलाई समावेश गर्न सकिदैन्’ उनले भने, वीरगञ्जलाई राजधानी बनाउने प्रस्ताव जसपाको होइन् ।

भेलामा सहभागी राज्यमन्त्री यादवले वीर गञ्जलाई राजधानीको प्रस्ताव राखेर प्रदेशको नामकरण र राजधानीको निर्णय लिन अवरोध गर्न लागिएको बताए ।‘मधेश प्रदेश र जनकपुर धामलाई राजधानी बनाउन सर्वसहमतिबाट निर्णय गरौ’ उनले भने, यस पटक नाम र राजधानी प्रदेशले पाउन नसके प्रदेश सभाका सदस्यहरु असफल मानिनेछन् ।

दलहरुले इमान्दारीपूर्वक प्रयास गरे प्रदेशको नाम र राजधानी दुबैको निर्णय हुन सक्ने नेकपा (एकीकृत समाजवादी)पार्टी संसदीय दलका नेता समेत रहेका उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले दलहरु लचिलो भए निर्णय संभव रहेको बताए । ४ जिल्लाको भेलाले वीरगञ्ज र ाजधानीका लागि सहमति जुटाउन समिति बनाइएको छ ।भेलामा वीरगञ्ज र जनकपुर धाममा सहमति नजुटेकाले सर्लाहीको नवलपुर–चन्द्रपुर(रौतहट)बीचको भूभागमा राजधानी राख्नु पर्ने प्रस्ताव पनि आएको थियो । प्रदेशको नाम र राजधानी सबैको अपनत्व महसुस हुनेगरी राख्नुपर्ने कांग्रेसका सभासद राजेश्वर प्रसाद साहले बताए ।

नाम र राजधानीको निर्णय हुन्छ : सीएम

जनकपुरधाम ।प्रदेशको नामकरण र राजधानीको निर्णय प्रदेश सभाबाट हुने मुख्यमन्त्री लालबाबु राउतले ठोकुवा गरेका छन् ।‘प्रदेशको नाम र राजधानीको विषयमा सहमति नजिक पुगेका छौ’ उनले भने, प्रदेश सभाबाट मधेश प्रदेश र जनकपुर धाम राजधानीको प्रस्ताव पारित हुनेछ । आ–आफ्ना भूगोलका लागि प्रस्ताव र छलफल गर्न भएको भेला हुनु अस्वभाविक नभएको जनाउँदै राउतले भने, असन्तुष्टि व्यक्त गर्नु लाई अन्यथा लिनु हुँदैन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *