२०७८ माघ ३, सोमबार
जिल्ला प्रहरी कार्यालय बाराले एक बालिकालाई जबर्जस्तीकरणी गर्ने घट्नामा संलग्न दुइ जनालाई पक्राउ गरेको छ ।

आदर्श कोतवाल गाउंपालिका–.७ कोतवाली टोल बस्ने मोतिलाल साह कानूको छोरी वर्ष ९ की रुपमाला कुमारी साहको जबर्जस्ती करणी गरी हत्या गरेको घट्नामा उनीहरु संलग्न थिए । पक्राउ पर्नेमा आदर्श कोतवाल गाउंपालिका–८ टोल कोतवाली बस्ने बर्ष २० का सन्तोष साह कानु र बर्ष ४० का शान्ति देबी रहेका छन् ।

कानुले बालिका बाख्रा चराउन गएको बेला तिर्खा लागेर पानी खान जाँदा जबर्जस्तीकरणी गरी हत्या गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए । पक्राउ परेकी अर्का अभियुक्त शान्ति देवीले उक्त घट्नाको अपराध पुष्टि हुने दशीहरू लोप गर्ने प्रयास गरेकी थिईन् । यहि पुस २५ गते दिउंसोबाट हराईरहेको बालिकाको शब पुस .२७ गते सोही ठाउं स्थित जमुनी खोलामा मृत अवस्थामा फेला परेको थियो । पक्राउ परेका सन्तोष र शान्ता देवी आमाछोरा हुन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *