३ माघ २०७८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार गरिएको कोरोना परीक्षणका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो। उनलाई सामान्य लक्षण मात्र देखिएको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ।
आलेलाई कोरोना पुष्टि भएपछि सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।