२०७८ माघ ४, मंगलवार
गौर नगरपालिका–५ बरहवा पुल नजिकबाट मोबिल तथा मोटर साइकलको पार्ट्सको कालोबजारी गर्ने आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

बरहवा पुल नजिक संचालन गरिएको जय शिव शक्ति अटोमोबाइल्स पसल तथा सोही नजिक रहेको सुधिर साह तेलीको घरमा भण्डारण गरी मोबिलको कालोबजारी गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले छापामारी गर्दा पसल संचालक राजदेवी नगरपालिका–९ ब्रहमपुरीका २८ बर्षीय राणा रौशन र ४२ वर्षीय हरेन्द्र कुमार सिंह पक्राउ परेका हुन् ।

छापामारीको क्रममा मोबिल भरिएको ३ हजार थान बट्टा , खुल्ला मोबिल राखिएको २ सय लिटरको तिनको ड्रम २ थान र मोबिल राख्ने गरेको टिनको खाली ड्रम ९ वटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए । भारतबाट क्यास्ट्रोल ,बजाज , हिरो होण्डा लगायतका कम्पनीको लोगो प्रयोग गरी खुल्ला मोबिल भरेर विक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । सस्तो मूल्यमा मोबिल ल्याउने र स्तरीय कम्पनीको लोगो लगाएर महंगो मूल्यमा बिक्री गर्ने गरेको अवस्थामा प्रहरीले सुराकी पता लगाएर गोदामको छापामारी गरि कालोबजारी गर्ने कार्यमा संलग्न भएका दुवै जनालाइ नियन्त्रणमा लिएको हो । नक्कली मोबिल बनाएर ग्राहकलाइ ठगी गर्ने गरेको दुबै जनालाइ जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धानको कार्य अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *