२०७८ माघ ४, मंगलवार
मंगलबार नेपाली बजारमा सुन प्रतितोलामा एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन यता एक दुई सयले घटबढ भइरहेको सुनको मूल्य आज फेरि एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै बढेर ९२ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।