६ माघ २०७८
पाल्पामा एक पुरुषले आत्मदाह गरेर देह त्याग गरेका छन्। जिल्लाको माथागढी गाउँपालिका वडा नं. ३, सराईका तालबहादुर कामीले आफ्नै शरीरमा मट्टितेल खन्याई आत्मदाह गरेका हुन्। ५६ वर्षीय ताल बहादुर कामीले मादक पदार्थ सेवन गरी शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।
ताल बहादुरको घाँटीभन्दा तलको भाग जल्न गई मृत्यु भएको हो। उनको पाल्पाको युनाईटेड मिशन अस्पतालमा उपचारकै क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। माघे सङ्क्रान्तिको दिन राती १०ः३० बजे उनले आफ्नै शरीरमा आगो लगाएका थिए। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।