२०७८ माघ ६, बिहीबार
मधेश आन्दोलनको क्रममा शहीद भएका परिवार र घाइतेहरुलाई प्रदेश सरकारले सहयोगको क्रमलाई निरन्तरता दिएको छ ।

शहीद परिवारका सदस्यहरुलाई रोजगारी, जागिर र आर्थिक सहयोग प्रदेश सरकारलेदिदै आएको छ ।मधेश प्रदेश सरकारले गठन गरेको मधेश शहीद प्रतिष्ठानबाट बुधवार बलिदानी दिवसको अवसरमा शहीद परिवारलाई जनही ३/३ लाखको चेक हस्तान्तरण गरिएको छ । तथ्यांक अनुसार मधेश प्रदेशमा विभिन्न चरणको मधेश आन्दोलन अन्तरगत ५९ जना शहीद भएका थिए ।

घाइतेहरुलाई उपचार र जिवकोपार्जनलाई सहज बनाउन २५ हजारदेखि ३ लाख ५० हजार रुपैयाको चेक हस्तान्तरण गरिएको छ । नेपालमा २०४६ सालमा भएको जनआन्दोलनको क्रममा पनि कयौं सपुतहरुले शहादत दिएका थिए ।शहीद र शहीदका परिवारको परिचय नै हराएको छ ।उनीहरु ओझेलमा परेका छन् ।प्रजातन्त्रका लागि शहादत प्राप्त गर्ने शहीदहरु ओझेलमा परेपनि नेताहरु सत्तामा हाल सम्म टाँसिएका छन् ।

शहीद परिवारलाई स्वरोजगारीका लागि भैंसी, बाख्रा लगायतका पशुहरु समेत उपलब्ध गराइएको छ ।तर मधेश आन्दोलनको क्रममा शहादत दिएका अन्य प्रदेशका शहीदहरु भने उपेक्षित नै छन् । ‘मधेशी नेताहरुको सरकारमा पहुँच नरहेका प्रदेशमा शहीद परिवार हरुले अपेक्षित सहयोग पाउन सकेका छैनन्’ मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले भने, यस प्रदेशमा शहीद प्रतिको सम्मान र परिवार प्रतिको दायित्वलाई सरकारले निर्वहण गरिरहेको छ ।

मधेश आन्दोलनको क्रममा तत्कालीन मधेशी नेताहरुले शहीद परिवारलाई ५० लाख रुपैया दिने घोषणा गरेका थिए ।हाल सम्म त्यो रकम शहीद परिवारले प्राप्त गर्न सकेको छैन् । प्रदेश सरकारले मधेश आन्दोलनको उद्गम माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै हरेक वर्ष प्रदेशमा सार्वजनिक विदा दिने गरेको छ । मधेश आन्दोलनका केही शहीदहरुको शालिक पनि स्थापना गरिएको छ । मधेश प्रदेशको उत्तरी प्रवेशद्वारमा शहीद गेट निर्माणाधीन छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *