२०७८ माघ ७
दैलेखको ठाँटीकाँध गाउँपालिका–६ गुयालसिमकी २६ वर्षीया हस्तना रोकायाले लगातार तीन सन्तान छोरी जन्माइन् । छोराको पखाइमा तेस्रो पटक गर्भवती हुन बाध्य उनलाई १८ असार २०७८ मा सुत्केरी व्यथाले च्याप्यो । स्थानीय लकान्द्र स्वास्थ्य केन्द्रमा सुत्केरी भइन् । तेस्रो सन्तान पनि छोरी जन्मिइन् ।

छोरी जन्मिएको भोलिपल्ट डिस्चार्ज भएकी उनलाई परिवारले घर नजिकैको भैंसी गोठमा लगेर राख्यो । ‘सुत्केरीलाई गोठमा राख्ने यहाँको चलन नै हो’ उनको चेकजाँच गर्दै आएकी एक स्वास्थ्यकर्मीले भनिन्, ‘यहाँको चलन अनुसार हस्तनाले आवश्यक स्याहारसुसार पाउनु त परको कुरा राम्रो एकछाक खाना पाउन समेत मुश्किल पर्छ ।’

यस्तो असुरक्षित अवस्थामा गोठमा बसेका बेला सुत्केरी भएको ६ दिनमा उनको गोठमै ज्यान गयो । गोठको चिसो, परिवार र श्रीमान्को तिरस्कार सहँदै आएकी उनी वास्तवमा रोगले मरिन् कि भोकले कसैले भन्न सक्दैन । ‘परिवारले खान नदिएपछि भोकले मरेको गाउँले सुनाउँछन्’ ती स्वास्थ्यकर्मी भन्छिन्, ‘सुरक्षित सुत्केरी गराउँदा पनि परिवारको लापरवाहीले थुप्रै सुत्केरी आमाको ज्यान जान्छ भन्ने हामीलाई थाहा छ । तर हामी केही गर्न सक्दैनौं ।’

त्यसैगरी, ठाँटीकाँध गाउँपालिकाकै वडा नम्बर १ सिराडीकी २२ वर्षीया शीतला शाहीलाई १६ साउन २०७८ मा सुत्केरी व्यथाले चाप्यो । उनलाई स्ट्रेचरमा राखेर स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो । तेस्रो सन्तानको रूपमा छोरा जन्माइन् । दुई दिनपछि डिस्चार्ज भएकी उनलाई पनि परिवारले घर छेउको गोठमा राख्यो । असुरक्षित बसाइ र आवश्यक स्याहार–सुसारको कमीले दुई दिनपछि गोठमै शिशुको मृत्यु भयो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *