२०७८ माघ ७
स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न पाँचदलीय समन्वय समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहीबार बस्ने तय भएको यो बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएपछि आज बैठक बस्ने तय भएको हो ।

यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । प्रचण्डको प्रस्तावबारे सत्ता गठबन्धनका नेताहरुबीच सहमति कायम भइसकेको छैन ।

संविधान अनुसार आगामी स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने सुझाव निर्वाचन आयोगले सरकारलाई दिएको छ । तर सत्ता गठबन्धनबीच पहिले संसदीय कि स्थानीय तहको निर्वाचन गर्ने भन्नेमा एकमत भइसकेको छैन ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *