२०७८ माघ ९
अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विस्फाेट हुँदा चार महिला सहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् ।

इन्धन ट्यांकीमा जडान गरिएको बम विस्फाेट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।

हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर हो ।

अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ मानवीय संकटको अवस्था सिर्जना भएको विवरणहरु सार्वजनिक भइरहेका छन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *