९ पुष,२०७८/रौतहट
नेपाल भारत हिन्दू मैत्री समाजको आयोजनामा जे.भी.फाउण्डेशनका संस्थापक ,राष्ट्रीय समाज सेवी प्रा.डा.जगदीश वैद्यको सहयोगमा सोही जे.भी.फाउंडेशनका केन्द्रीय समिति संरक्षक उप-प्रा.डा.राजिव झाको नैतृत्वमा दुर्गा भगवती गा.पा.वडा नं.३मा गरीब तथा विपन्न परिवारका सदस्यहरुलाई चिसोबाट बाच्न जैकेट तथा धोती वितरण कार्य सम्पन्न भएको छ।उक्त वितरण कार्यमा गा.पा.का प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवको उपस्थितिमा जैकेट तथा धोती वितरण गरियो।आफ्नो गा.पा.मा पहिले देखिनै डा.राजिव झाले विपन्नहरुलाई आवश्यकता अनुसारको सहयोग गर्दै आइरहेको भनाई स्थानीयहरुको रहेको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।