२०७८ माघ ९
पाँच दलीय सत्ता गठबन्धनले कानून व्यवसायीहरूसँग छलफल गर्दै छन् ।
स्थानीय तहको निर्वाचनका विषयमा परामर्श लिन गठबन्धनले कानूनविद्सँग छलफल गर्न लागेको हो । छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गठबन्धनका नेताहरूले बताएका छन् ।
निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ मा स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको छ । तर आगामी मंसिरमा संघ, प्रदेश र स्थानीय तहको चुनाव एकैपटक गराउने बहस गठबन्धनमा भइरहेको छ ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।