२०७८ माघ १०
प्रमुख विपक्षी नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

पोखरेलको नेतृत्वमा गठबन्धन सरकार बनेको ९ महिना भएको छ, तर सरकारले विकास निर्माणका जनअपेक्षालाई कुठाराघात मात्र गरेको एमालेको आरोप छ ।

एमाले प्रमुख समेचक मायानाथ अधिकारी नेतृत्वको टोलीले सोमबार मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै भनेको छ, विगतमा संसदको रोस्टममा उभिएर यहाँले गरेका तर्कहरु स्मरण गर्नु भएकै होला । तपाईंका प्रतिबद्धताहरु केवल सत्ता हत्याउन मात्रै थिए वा जम्मेवार बन्न पनि थिए भन्ने प्रश्न तपाईं सामु खडा छ ।’

विगतमा प्रतिपक्षी दलको नेताका रुपमा रोष्टममा उभिएर गरेका प्रश्नको जवाफ अहिले कामले दिनुपर्ने भन्दै एमालेले भनेको छ, लोकतन्त्रले प्रत्येकलाई उब्जिएका प्रश्नहरुको जवाफ दिन र जवाफदेही हुन सिकाउँछ । के तपाईँ हिजोका प्रतिबद्धता प्रति इमान्दार र जवाफदेही हुनुहुन्छ ? के तपाइले नेकपा एमाले संसदीय दलसँग गरेका सम्झौता र वाचा पूरा गर्नुभयो ?

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.