१२ माघ ,२०७८ ।अरविन्द कुमार यादव
रौतहटको राजदेवी नगरपालिका वर्डा नम्बर ५ हजमिनिया पताही निवासी रन्विर सिंहले उपचार नभई घरमा मर्नु मधेश प्रदेश सरकार कार्यालय अगाडि धर्ना दिइ मर्नु बेश हुने निर्णय गरेकाछन्।
रौतहटको रौतहटको सदरमुकाम गौरमा रहेको मुख्य कार्यालयको सेवाकेन्द्र अन्यत्र लगिने सरकारले निर्णय २०७१ साल गरेको थियो।
मधेसवादी दलका नेताहरुले सेवा केन्द्र विस्तारको विरुद्धमा आन्दोलन गरेका थिए।आन्दोलन कै क्रममा प्रहरीको ३ गोली खाई रन्बिर सिंहको गौर अस्पतालबाट रेफर बिरगंज उपचार अस्पतालमा भएको थियो।

रन्बिर सिंहको पेटमा एउटा गोली आरपार र हाथ दुई गोली प्रहरीले हानेको थियो।देब्रे हाथको पंजे माथिको हार्ड गोलि दुइ टुक्रा गरेको थियो जसमा स्टिल लगाइएको थियो ।देब्रे हाथको पाखुरा विच एक गोली स्टिल निकाल्ने पछि गोलि निकाल्ने डाक्टरले भनेका थिए।
मधेवादी पार्टी तत्कालीन संघिय समाजवादी फोरम नेपाल ,नेपाल सदभावना पार्टी ,तमोलोप सहितका पार्टी ले सेवा केन्द्र विस्तार विरोध आन्दोलन गरेका थिए।
मधेसवादी दल मदेसीका लागि आन्दोलन गर्दै आन्दोलनकारी सहिद वा जिउदो सहिदलाई बलिदानी दिवसको दिन मान सम्मान गर्दै आईरहेको छ तर पार्टी विशेष कार्यकर्तालाई मान सम्मान गरेको जिउदो सहिद रन्बिर सिंहले बताएका छन् ।
आजको दिन मदेसवासी दल जसपा नेपालको नेतृत्वमा मधेस प्रदेश सरकारले सहिद ,आन्दोलनमा गम्भीर घाइते जिउदो सहिदको रुपमा जिवन यापन गर्न बाध्य बनेका संग २ मिनेट गुनासो सुनिदिन समय छैन उनले बताए।
उपचार गर्न असक्षम हु तर पनि कुनै मदेशवादी पार्टी नेता एवं जनप्रतिनिधिले एक चोटी सम्पर्क गरेको छैन ।दिनहु काम गरि खाने व्यक्तिले पार्टीले जनताको लागि सेवा केन्द्र यथास्थितिमा राख्न आन्दोलनको समर्थन गर्दै हिडेको थियो ।आज मधेशवादी दल सरकार भेटन जादा मुख फेर्छन ।
एउटा गोलि हाथ भएको कारण आखा पनि गुमाएको छु तर आज सम्म पनि सरकारले कुनै सहयोग गरेको छैन ।मेरो एउटा छोरा जब म प्रहरीको गोली खाएको थिए छोरा एक महिना थियो ।दुधे छोरालाई त्यो दिन देखि छाक भर खाना पनि खुवाइरहेको छैन,खान छैन भने शिक्षा र थप उपचार कहा बाट हुन्छ र एउटा छोरी छिन उनले बताए ।
मधेशवादी दल अर्थात लोसपा,जसपा नेतृत्वको सरकार र एक कृषि राज्य मन्त्री ,४ प्रदेश सान्सद,५ वटा पालिका र संघिय सान्सद एक प्रतिनिधि समेत सहित एवं जिउदो सहिदलाई कुनै वास्ता गरेको छैन पटकपटक आ आफ्नो समस्या राख्दा पनि कानमा तेल हाली बसेका छन् उनले आपत्ति जनाए ।
जिउदो सहिदका पत्निले आफ्नो माईके( नहिअर)बुवाबाट घर खर्च लिई अरु गाउघरको कर्जा लिई त्यसबाट अपुग भइ पछि आफ्नो जग्गा समेत बेचि एक छाक खाना पनि खान अप्ठ्यारो छ।
करिब ८ वर्ष पुग्ना लाग्दा पनि सो समस्या खेपिरहेको छु कुनै बेला लाग्छ कहा जाउ ,कहा भागु समस्या देखेर पति कुनै आमदानी छैन जनताको लागि पार्टीले आव्हान गरेको आन्दोलनमा समर्थन गरेको मेरे पति जिउदो सहिद भए तर सरकारले वास्ता गरेनन् ।
सरकारले सहिद र जिउदो सहिदको गुनासो न सिने जिउदो सहिदको वक्तव्य ईतिहासिक हुने सिंहको पत्निको भनाई रहेको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.