२०७८ माघ १३
आगामी स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई दबाब दिदै आएको निर्वाचन आयोगले फेरि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने भएको छ ।

यसअघि दुई पटक प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर ध्यानाकर्षण गराइसकेको आयोगले यसै साता विज्ञप्तिसमेत जारी गरेर वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न दबाब दिइसकेको छ ।

आयोगले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउनैपर्ने अडान राख्दै आएको छ । आयोगले वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको चुनाव गर्ने मिति सरकारलाई प्रस्ताव गरेको थियो । त्यसपछि पनि सरकारले कुनै तदारुकता नदेखाएपछि आयोगले विज्ञप्ति नै जारी गरी १२० दिन अगावै मिति तोकिनुपर्ने स्मरण गराउदै वैशाखभित्रै निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेको छ । तर जनप्रतिनिधिहरूको कार्यकाल सकिनु पूर्व नै स्थानीय तहको चुनाव हुनुपर्ने निर्वाचन ऐन भएकोले त्यसका लागि तत्कालै मिति तोकिनुपर्ने आयोगको जिकिर छ ।

तर, सत्तापक्षमा रहेका गठबन्धन दलहरूले भने स्थानीय तहको चुनाव अर्को हिउँदमा गर्ने गरी पछि सहमतिको प्रयास गरिरहेका छन् । गठबन्धन दलका नेता पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतले स्थानीय चुनाव कम्तीमा ६ महिना पर सार्न लगभग सहमत हुनेभएको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवालाई भने उहाँकै पार्टीबाट वैशाखमै निर्वाचन गर्न दबाब रहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि निर्वाचन आयोगले तोकेकै समयमा चुनाव हुनुपर्ने अडान लिएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.