२०७८ माघ २६ गते
काठमाडौंको धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तीन वर्षीय श्रीयन पाण्डे रहेका छन् ।
उनलाई मंगलबार बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा राति साढे ९ बजे धापासीस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।