२०७८ माघ २६ गतेरौतहटमा एक महिलाको शव गहुँबारीमा फेला परेको छ । रौतहटको ईशनाथ नगरपालिकामा एक विवाहीत महिलाको शव फेला परेको हो ।

ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको उनको भनाइ छ ।

प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो । विवाह भएपनि उनी माइतीमै बस्दै आएकी थिइन् । ‘उनका श्रीमानले नै फोन गरेर बोलाएपछि चाँदनी राति घरबाट निस्किएकी रहीछन्’ प्रहरी उपरिक्षक घिमिरेले भने, ‘शवलाई पोष्टमार्टम पछि हत्याको बारेमा थप कुरा खुल्ने छ ।’

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *