२०७८ माघ २६, बुधबार
विभाजनलाई टार्न लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अन्तिम प्रयास थालेका छन् ।

लोसपाका वरिष्ठ नेताहरुले पार्टी फुटाउने सम्पूर्ण तयारी गरिसकेका छन् । लोसपाका वरिष्ठ नेताहरु वृषेशचन्द्र लाल, डा.विजय कुमार सिंह लगायतका नेताहरुले पार्टी फुटाएर तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)लाई संगठित गर्ने अभियानमा जुटिसकेका छन् । सम्धी उमाकान्त झाका नातिको व्रतबन्धमा सहभागी हुन बुधवार लोसपाका अध्यक्ष ठाकुर जनकपुर आउन लागेका छन् ।ठाकुर झण्डै हप्तादिनको बसाईमा लाल, डा.सिंह लगायतका नेताहरुसित प्रत्यक्ष संवाद गर्ने बताइएको छ ।

प्रदेश सभासदस्य समेत रहेका धनुषा जिल्ला लोसपाका अध्यक्ष परमेश्वर साहले असन्तुष्ट नेताहरुसित अध्यक्ष ठाकुरले संवाद गर्ने संभावना रहेको बताए ।‘पार्टीका असन्तुष्ट नेताहरुसित अध्यक्ष ठाकुरले प्रत्यक्ष संवाद गर्नुहुनेछ’ उनले भने, त्यसकालागि आफूहरु वातावरण बनाएका छौ । तर असन्तुष्ट वरिष्ठ नेता वृषेशचन्द्र लालले ठाकुरजी आउनेबारे अनभिज्ञता प्रकट गरे ।‘उहाँसित भेंटघाटको कुनै कार्यक्रम रहेको छैन्’ नेता लालले भने, ठाकुरजीको कार्यक्रमबारे हामीलाई कुनै जानकारी पनि छैन् । लाल र सिंह लगायतका असन्तुष्ट नेताहरुले तमलोपा मार्फत चुनावमा जान सक्ने संभावना रहेको छ ।उनीहरु तमलोपाका लागि गतिविधि पनि बढाइसकेका छन् ।

लोसपा र जसपाका असन्तुष्ट नेताहरु, कार्यकर्ताहरुलाई समेटेर तमलोपा चुनावमा जाने बताइएको छ ।स्थानीय तहको निर्वाचनमा टिकट नपाउने असन्तुष्ट नेताहरु तमलोपामा आउन सम्पर्क गर्न थालेको बताइन्छ । मधेश प्रदेशमा जनमत पार्टी पनि स्थापित हुन संघर्ष थालेको छ । तमलोपा पनि चुनावमा गए लोसपालाई ठूलो नोक्सानी हुने जोखिम छ ।लोसपा अध्यक्ष ठाकुरले स्थानीय चुनावमा पार्टीलाई क्षतिबाट जोगाउन असन्तुष्ट नेताहरुसित भौतिक रुपमा नै संवादको प्रयास गर्न खोजेका हुन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *