२७ माघ २०७८
मुगुका सांसद मोहन बाँनियाले बलत्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी जुम्लाकी एक महिला असुरक्षित छिन्। आफूलाई चौतर्फी धम्की र प्रलोभन देखाउने गरेको पीडित महिला बताउँछिन्। जाहेरी दिदाको भोलिपल्ट सांसद बाँनियका ज्वाईले प्रत्यक्ष भेटेर भोलि बिहानै १० बजे तपाईँको लिएको २५ लाख रुपैयाँ दिन्छौँ। जाहेरी फिर्ता लिनुस्। भनेका थिए।
पीडित महिलाले भनिन्,‘मैले जाहेरी दिइसके। म निकै पीडित छु। अब जाहेरी फिर्ता हुदैन। जे गर्छ कानुनले गर्छ। ’ जाहेरी फिर्ता फिर्ता लिन आग्रह गर्दै मोहन बाँनियाकी छोरीले फोन गरेर प्रलोभन देखाएको उनले बताइन्। मोहन बाँनियाको छोरा मदन बाँनियाले जाहेरी दिएको दिनमै उनलाई जाहेरीले कुनै असर नपर्ने भन्दै धम्कि दिएका थिए। पीडित महिलाले थपिन,‘म जाहेरी बोकेर जिप्रका जाँदै थिएँ। बाँनियाका छोराले तपाईले जाहेरी दिदैमा कुनै असर पर्दैन। यस्ता करणी घटना कैयौ बेहोरी सक्यौँ। यसको कुनै तुक छैन।’
बाँनियाका आफन्तजनले पटक पटक फोन गरेर या प्रत्यक्ष भेटेर धम्की दिइरहेको उनले बताइन्। पीडित महिलाले एक हप्ता अगाडि सामाजिक सञ्जालमा मेरो ज्यान जोखिममा छ। म मरे भने सांसद बाँनियाकै कारणले मर्नेछु। उहाँ नै जवाफदेही हुनुहुनेछ भन्दै स्टाटस लेखेकी थिइन्।
यो घटनालाई दबाउनको लागि कर्णाली प्रदेशका सांसद दानसिंह परियार सक्रिय रहेका छन्। उनले पीडित महिलालाई धम्क्याउनेदेखि प्रलोभन देखाएर जाहेरी फिर्ता लिनको लागि दबाव दिइरहेका छन्। पीडित महिलाका अनुसार जाहेरी दिदाको दिनमा सांसद परियार बाँकेमा समेत पुगेका थिए। उनले पीडित महिलालाई जाहेरी कसरी दर्ता हुन्छ? हामी पनि हेर्छौँ। भन्दै धम्क्याएका थिए। आर्थिक लेनदेनको विषयमा मिलापत्र गर्न पटक पटक दबाब दिदै आएको पीडित महिला बताउँछिन्।
पटक पटक लिएको आर्थिक फिर्ता गर्न आग्रह गरेपछि सांसद बाँनियाले २५ लाख रुपैयाँको चेक काटेका थिए। राष्ट्यि बाणिज्य बैंकको चेकमा रहेको खातामा रुपैयाँ थिएन। चेक बाउन्स भएको छ। त्यही बाउन्स भएको चेक समेत पीडितबाट कर्णाली प्रदेशका सांसद परियार सहितको टोलीले खोसेको थियो। पीडित महिलाले सांसद बाँनियाले जाहेरीमा नेपालगंज स्थित अप्सरा होटलमा बलत्कार गरेको खुलाएकी छिन्। उनले भनिन्,‘बाँनियाले लिएको रकम फिर्ता गर्ने भन्दै बोलाएर बलत्कार गरे।’

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।