२०७८ माघ २७, बिहीबार
जनकपुरबाट बच्चा चोरेर भाग्दै गर्दा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ६ का मो. अमिर राइनका ७ महिने छोरा मो. अखतर राइनलाई चोरी गरेर भाग्ने क्रममा दुई महिला पक्राउ परेकी हुन् । पक्राउ पर्ने महिलाको पहिचान प्रहरीले खुलाएको छैन ।

जनकपुरको रेल्वे स्टेशन नजिक रहेको वडा प्रहरी कार्यालयको टोलीले बच्चा चोरेर भाग्ने महिलालाई पक्राउ गरेका छन् । प्रहरी इन्चार्ज मोहित यादवले पक्राउ परेकी महिलालाई आवश्यक कारबाहीका लागि जिल्लामा बुझाएको जानकारी दिए ।

उनका अनुसार बच्चा सकुशल छन् । यो घटनाले जनकपुरमा बच्चा चोरीमा महिलाहरु संलग्न रहेको देखाएको छ । यसअघि पटक पटक बच्चा चोरहरु जनकपुरमा सक्रिय रहेको हल्ला चलेपनि कोही पक्राउ परेका थिएनन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.