२०७८ माघ २७, बिहीबार
पर्सा प्रहरीले मोटरसाइकल चोरी गर्दै गरेर भाग्ने क्रममा तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का रंजीत सहनी, १९ वर्षीय सभन पाठक र पर्साको विन्दवासिनी गाउँपालिका–२ का २८ वर्षीय राजनाथ यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सहनी र पाठकले बुधबार बिहान पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवाका बिनोद प्रसाद सहनीको नाममा दर्ता रहेको ना १६ प २९७४ नम्बरको मोटरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरी राखेकोमा गेट तोडी बाटोमा ल्याई लक तोड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै मंगलवार दिउँसो वीरगञ्ज महानगरपालिका–३ ठाकुर राम क्याम्पस पछाडिको गल्लीबाट अनिल कुमार चापागाँईको नाममा दर्ता रहेको ना ४४ प ८२७५ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेकोमा यादवले लक तोडी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।