२०७८ फाल्गुन १, आईतवार
सर्लाही जिल्लाका एक समाजसेवीले दलित परिवारकी एक चेलीको विहे गराएकी छिन् ।

शुक्रबार सर्लाही निवासी समाजसेवी मनोज आचार्यले ईश्वरपुर नगरपालिका–६ का दलित समुदायका राम नरेश रामकी छोरी अंजली रामको विवाह उनले आफ्नो निजी खर्चमा गराएका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएको र बस्नको लागि आफ्नो घरसमेत नभएकोले ईश्वरपुरमा एउटा सानो कोठा भाडा लिएर परिवार सहित बस्दै आएको राम नरेशको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको छ । उमेर पुगिसकेको छोरीको विवाह गर्न समस्या भएको बयलबासमा रहेको ईश्वरपुर युवा सेवा समाज नामक संस्थाका अध्यक्ष अलताफ मिकरानी तथा स्थानीयवासीहरु मार्फत जानकारी पाएपछि समाजसेवी आचार्यले रामलाई छोरीको विहेमा सहयोग गरेका छन् ।

विहेको लागि आवश्यक टेन्ट, जन्तीको स्वागत तथा भोज लगायतका खर्च समाजसेवी आचार्यले सहयोग गरेका छन् । उनले राम नरेश रामको बस्ने घर नरहेकोले उनको परिवारका लागि घर पनि बनाइदिने प्रतिवद्धता व्यक्त गरेको ईश्वरपुर युवा सेवा समाजका अध्यक्ष मिकरानीले जानकारी दिए । आफ्ना जीवन संगिनीको साथ राम नरेशको घर पुगेर नव वधु अंजलीको हातमा सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी आचार्य दम्पतिले उनीहरुको सुखद् दाम्पत्य जीवनको कामना गर्दै शुभकामना दिएका थिए।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *