२०७८ फाल्गुन २, सोमबार
नेकपा माओवादी केन्द्रले आइतबार विभिन्न कार्यक्रम आयोजना गरी २७ औं जनयुद्ध दिवस मनाएको छ ।

तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्ध २०५२ फाल्गुन १ गतेका दिनलाई सम्झना गर्दै जनयुद्ध दिवसको रुपमा मनाउंदै आएको छ । २०५२ साल फाल्गुन १ गते देखि सुरु भएको सत्ता र शासक विरुद्धको जनयुद्ध २०६२ सालमा राजाको शासनको अन्त्य संगै शान्ति प्रक्रियामा माओवादी सामिल भए पछि जनयुद्ध समाप्त भएको घोषणा गरिएको थियो ।

मुलुकमा संघीयता , गणतन्त्र ,लोकतन्त्र धर्मनिरपेक्षताको एजेण्डा लिएर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सुरु भएको १० बर्षे लामो जनयुद्धको क्रममा ज्यान गुमाएका जनमुक्ति सेना लगायतका योद्धाहरुलाई श्रद्धाञ्जली दिनको निम्ति यो दिवस मनाउन सुरु गरिएको हो । गौर नगर कमिटीद्वारा मधेशी क्रान्ति चोकमा मैनवती जलाएर शहीदहरु प्रति सम्मान अर्पण गरिएको नगर कमिटी अध्यक्ष चन्देश्वर राउतले जनाएको छ । सो कार्यक्रममा पार्टीका नेता सुधिर यादव , शशिभुषण श्रेष्ठ , महिला नेतृ शान्ति देवी , राजनारायण रंजन , वडा अध्यक्ष राम नरेश यादव , नगर कमिटी सदस्य लालबाबु साह लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी यसैबीच २७ औं जनयुद्ध दिवशको अवसर पारेर बाराको सदरमुकाम कलैयाको मुख्य चोकमा दीप प्रज्जवलन गरिएको छ । पूर्व संविधानसभा सदस्य शिवचन्द्र कुशवाहा सहितका नेता कार्यकर्ताहरुको सहभागितामा आइतबार दीप प्रज्जवलन कार्यक्रमको आयोजना गरिएको हो । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र कलैया उपमहानगरपालिका नगर कमिटीको आयोजनामा भरतचोकमा दीप प्रज्जवलन गरिएको छ । आयोजित कार्यक्रममा नेता कुशवाहाले माओवादी केन्द्रको कारणले आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको जिकिर गर्दै यसलाई संस्थागत गर्न केही दलहरुले नचाहेको आरोप लगाए ।

कार्यक्रममा नेताहरु हसनजान अंसारी, सुनिल कुशवाहा, अबुलेस अंसारी, रमेश साह लगायतका नेताहले आ–आफ्नो आफनो विचार व्यतm गरेका थिए । यसै बीच जनयुद्ध दिवसको अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ मा ३५ जनालाई सम्मान गरिएको छ । नेकपा माओवादी केन्द्र वडा नं.१८ मा आयोजित कार्यक्रममा जनयुद्धलाई सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने व्यक्तिहरुलाई दोसल्ला ओढाइ कदर पत्र प्रदान गरी सम्मान गरिएको हो ।

वडा अध्यक्ष शिव प्रसाद ढुङ्गानाको अग्रसरतामा भएको कार्यक्रममा संविधान सभा सदस्य जयराम दहालले अर्जुन भारती ,शिव कुमार कार्की ,अमृत थिङ्ग ,शमशेर आले ,वीरबहादुर मोक्तान लगायतकालाई दोसल्ला ओढाई कदर पत्र प्रदान गरी सम्मान गरेका थिए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.